१४ करोड राजस्व संकलन
काठमाडौं, १८ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी दरखास्त परेको हो ।
ती आवेदकबाट १४ करोड ४ लाख ११ हजार १ सय ५० रुपैया“ राजस्व संकलन भएको जानकारी आयोगले दिएको छ ।
आयोगका अनुसार आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० मधेसी, ३ हजार ९१ दलित, १ सय ४६ अपांगता भएका व्यक्ति र १ सय १६ जना पिछडिएका क्षेत्रका व्यक्ति छन् ।
लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर आवेदन गर्ने मिति मंगलबारसम्म थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले मंगलबार लोकसेवाको विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्यौल हटेको छ ।काठमाडौं, १८ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी दरखास्त परेको हो ।
ती आवेदकबाट १४ करोड ४ लाख ११ हजार १ सय ५० रुपैया“ राजस्व संकलन भएको जानकारी आयोगले दिएको छ ।
आयोगका अनुसार आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० मधेसी, ३ हजार ९१ दलित, १ सय ४६ अपांगता भएका व्यक्ति र १ सय १६ जना पिछडिएका क्षेत्रका व्यक्ति छन् ।
लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर आवेदन गर्ने मिति मंगलबारसम्म थियो ।
विज्ञापनविरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएपछि लोकसेवालाई प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारीको पदपूर्ति गर्न साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने भएको छ ।
No comments:
Post a Comment