काठमाडौं, १८ असार– साना ८ दलले १८ बुँदे अघि सारी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध देशव्यापी संयुक्त आन्दोलनको घोषणा गरेका छन् । ती दलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकार भ्रष्टचारलगायतका समस्या समाधान गर्न असफल भएको निष्कर्षसहित आन्दोलन गरेका हुन् ।
आन्दोलन घोषणा गर्ने दलमा नेकपा माले, नेपाल कांग्रेस (बीपी), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेत्तीस दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टी छन् । ती दलले असार २० मा राजधानीको न्युरोडदेखि रत्नपार्कसम्म जुलुस प्रदर्शन र सभा गर्ने कार्यक्रम घोषणा गरेका छन् ।
ती दलले सरकार नेपालको पहिचान, धर्म, संस्कृति र राष्ट्रियता कमजोर पार्ने प्रयासमा लागेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको, संघीयताको प्रतिकूल बाटामा गएको दाबी गरेका छन् । नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सरकारले ठूल्ठूला कुरामात्रै गरे पनि मुलुकको हितमा काम नगरेकाले आफूहरू मोर्चा बनाएर आन्दोलन गर्न बाध्य भएको बताए ।

No comments:
Post a Comment