Sunday, July 7, 2019

कुनै पनि बहानामा परीक्षणबाट भाग्न मिल्दैन : नेता नेपाल

काठमाडौं, २१ असार– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारी र प्रविधि अभाव देखाएर विषादी परीक्षणबाट सरकार भाग्न नमिल्ने बताएका छन्।पार्टीको संसदीय दल बैठकपछि शनिबार संसद् भवनबाहिर पत्रकारसँग कुरा गर्दै उनले जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड नगर्न सरकारलाई चेतावनी दिए।
सरकार बहाना बनाएर भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणबाट भागेको र जनतालाई विषादीयुक्त खाद्यान्न खान बाध्य पारेको उनले आरोप लगाए।तरकारी र फलफूलको विषादी परीक्षण गर्ने सवालमा कसैको दबाबमा नझुक्नसमेत नेपालले सरकारलाई आग्रह गरे ।
‘देशभित्र भित्रने सामान विषादीयुक्त छ कि छैन भन्नेमा हामी पहिला विश्वस्त हुनुपर्छ, कसैको दबाबसामु झुक्नु जरुरी छैन,’ उनले भने । नेता नेपालले विषादी परीक्षण नगर्ने निर्णयमा पुनर्विचार गर्नसमेत सरकारलाई आग्रह गरे । उनले सरकारले जनतालाई विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास दिलाउन सक्नुपर्ने बताए । अर्का नेता भीम रावलले विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आश्चर्य प्रकट गरे । विश्व व्यापार संगठनअन्तर्गत संसारभरिका देशले गरेको सम्झौतामा सार्वभौम र स्वतन्त्र देशले आप्mनोमा आयात हुने कुनै पनि वस्तुको आवश्यक जा“च तथा निश्चित मापदण्ड तोक्न सक्ने स्पष्ट प्रावधान रहेको उनले बताए । कसैको आग्रहमा जनताको हितप्रतिकूलका निर्णय गरेको कुरालाई स्वाभाविक मान्न नसकिने रावलको भनाइ छ । ‘सिमानामा तरकारी र फलफूल विषादी जा“च्न पनि नपाउने, जा“च्न खोज्दा कसैले पत्र पठायो भन्दैमा खुरुक्क निर्णय फिर्ता लिने ?,’ उनले भने, ‘यो एउटा स्वतन्त्र देश र जनताप्रति कटिबद्ध सरकारका लागि सुहाउने कुरा होइन ।’


No comments:

Post a Comment