काठमाडौं, २० असार– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । नेकपाको मुख्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको शान्ति प्रक्रिया संसारको सबभन्दा सफल हो । तर एकथरी मान्छे यसलाई भा“ड्न युरोपदेखि संसारभर घुमिरहेका छन्, अनौठो अनौठो भाषा बोल्दै छन् ।’
शान्ति प्रक्रिया भाँड्न पाए फाइदा हुन्छ भन्ठान्नेहरू षड्यन्त्रमा लागिपरेको उनको भनाइ छ । ‘कतिपयलाई शान्ति प्रक्रिया भाँड्न पाइयो भने फाइदा हुन्छ भनेर लागेको होला,’ उनले भने, ‘व्यक्तिगत फाइदा पनि कतिपयले खोज्या होलान् ।’
मुलुकको शान्ति प्रक्रिया सफलतासाथ सम्पन्न हुन आँटेको कुरा कतिपयलाई मन नपरेकाले बिथोल्न लागेको उनको आरोप छ । ‘हामीले शान्ति प्रक्रियाको असाध्यै संवेदनशील पक्षलाई बडो सफलतासाथ संसारको सबभन्दा सफल उदाहरणका रूपमा अघि बढाइसकेका छौं,’ उनले भने, ‘यो सफल भएको कुरा एकथरीलाई मन परेको छैन । त्यसकारण उनीहरू खाटो बसिसकेको घाउलाई कोपरेर, चिथोरेर क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर लागिराखेका छन् ।’ त्यस्ता प्रवृत्तिविरुद्ध पार्टी सशक्त रूपमा लाग्नुपर्नेमा उनले जोड दिए ।
No comments:
Post a Comment