काठमाडौं, १६ असार– सरकारले नौबिसे–मुग्लिन र हेटौडा–नारायणगढ सडक खण्डमा चल्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर वृद्धि गरेको छ । सडक बोर्ड नेपालले सोमबार सूचना प्रकाशित गरी ती सडक खण्डमा सडक उपभोग दस्तुर वृद्धि गरेको हो । सडक उपभोग दस्तुर दोब्बर पारिएको छ ।
बोर्डले सडक मर्मत सम्भारका लागि बढी स्रोत जुटाउन दस्तुर बढाइएको दाबी सूचनामा गरेको छ । नया“ दस्तुर मंगलबारदेखि नै लागू हुने बोर्डले जनाएको छ । नौबिसे–मुग्लिन सडक खण्डमा भारी सवारी साधन बस, ट्रक, मिनीबस, मिनिट्रक र हेभि मेसिनरी इक्विपमेन्टले अब हरेकपटकमा १२० रुपैयाँ सडक दस्तुर तिर्नुपर्ने भएको छ । यसअघि ६० रुपैयाँ तिर्नु पथ्र्यो
उक्त खण्डमा कार, जीप, पिकअप भ्यान, ट्रयाक्टरजस्ता हलुका सवारी साधनले अब सडक उपभोग दस्तुर ५० रुपैयाँ तिर्नुपर्ने छ, यसअघि २५ रुपैयाँ तिर्नु पथ्र्यो । तीनपांग्रे टेम्पो र मोटर साइकलले १० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि ५ रुपैयाँ तिर्नु पथ्र्यो ।

हेटौडा–नारायणगढ खण्डमा चल्ने भारी सवारी साधनले अब प्रत्येकपटक एक सय रुपैया“ सडक उपभोग दस्तुर तिर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त खण्डमा हलुका सवारी साधनले ४० रुपैयाँ तिर्नुपर्ने भएको छ । तीनपांग्रे टेम्पो र मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्ने छ ।
No comments:
Post a Comment