काठमाडौं, १८ असार– राष्ट्रिय जनता पार्टी (राजपा) ले सर्लाहीको बाँके चोकमा प्रहरीको गालीबाट शान्तिपूर्ण प्रदर्शनकारी सरोजनारायण सिंह मारिएको घटनाको छानबिन गर्न मानव अधिकार आयोगसमक्ष माग गरेको छ ।
राजपा अध्यक्ष मण्डलसहितको टोेलीले बुधबार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेी शान्तिपूर्ण प्रदर्शनमा उत्रेका सर्वसाधारण जनतामाथि प्रहरीले गोली चलाएर दमन गर्न खोजेको दाबी गर्दै छानबिन गर्न माग गरेको हो ।
गत असार १५ गते पूर्वपश्चिम लोकमार्गको सर्लाहीको बा“के चोकमा शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउ“दा ईश्वरपुर नगरपालिका–१३ का २६ वर्षीय सिंहको मृत्यु भएको थियो । सिंहको टाउकोमा गोली लागेको थिया े।
राजपाले सामान्य बल प्रयोग गरेर नियन्त्रण गर्न सक्ने अवस्थामा पनि प्रहरीले गोली नै चलाउनु गम्भीर भएको दाबी आयोगमा गरेको थियो । राजपाको ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष शर्माले छानविन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका थिए ।
सर्लाही र महोत्तरीको सीमामा रहेको बा“के नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउ“लेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउ“दा सिंहको मृत्यु भएको हो ।
No comments:
Post a Comment