Sunday, July 7, 2019

विषादी परिक्षण स्थगन जनस्वास्थ्यमा खेलबाड : विवेकशील

काठमाडौं, २१ असार– विवेकशील साझा पार्टीले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी जा“च रोकिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता सूर्यराज आचार्यद्वारा शनिबार जारी विज्ञप्तिमा भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटदा नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुन पुगेको उल्लेख छ ।
‘नेपाली बजारका तरकारी, फलफूललगायत खाद्यजन्य वस्तुमा जनस्वास्थ्यमा गम्भीर असर पार्ने विषादी र रसायन रहेको भन्नेबारे आम जनताको सरोकार रह“दै आएको छ । खाद्यवस्तुहरूको विषादी जा“चलगायत क्वारेन्टाइन परीक्षण अन्तर्राष्ट्रिय व्यापारको आधारभूत सर्त हो,’ विज्ञप्तिमा भनिएको, ‘अझ विषादी परीक्षणजस्तो आम जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने विषयमा सरकार बढी गम्भीर र संवेदनशील हुनु अनिवार्य छ । कुनै पनि बहानामा विषादी जा“चबिना खाद्यजन्य वस्तु आयात गर्नु अन्तर्राष्ट्रिय व्यापारको आधारभूत मान्यताको बर्खिलाप हो । त्यो नागरिकको स्वास्थ्यमाथिको गम्भीर खेलबाड हो ।’
आवश्यक पूर्वाधार प्राथमिकतासाथ यथाशीघ्र खडा गरी कुनै पनि देशबाट आयात गरिने खाद्यवस्तुको विषादीलगायत क्वारेन्टाइन परीक्षणको काम पुनः सुरु गर्न सरकारलाई विवेकशीलले आग्रह गरिरहेको छ ।




No comments:

Post a Comment