Sunday, July 7, 2019

विषादी परिक्षण स्थगन भारतको दबाबमा होइन : प्रधानमन्त्री

‘उपकरण र जनशक्तिको अभावमा रोकियो’
काठमाडौं, २१ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सरकारको दबाबमा नभई क्वारेन्टाइनका लागि आवश्यक पर्याप्त उपकरण र जनशक्तिको अभावमा भारतबाट आउने तरकारी र फलफूलमा विषादी परिक्षण रोकिएको दाबी गरेका छन् ।
सत्तारूढ नेकपाको संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै उनले क्वारेन्टाइनका लागि जनशक्ति र उपकरणको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण पुनः सुरु गरिने बताए ।
ओलीले भारतीय दबाबमा विषादी परिक्षण रोकिएको दाबीमा कत्ति पनि सत्यता नरहेको दाबी गरे । ‘कतै–कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परिक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे ! खोई कसलाई पत्र आयो मलाई त थाहा छैन । कसले पढ्यो त्यो पत्र ? मैले पत्र बुझेको छैन’ उनले भने । पर्याप्त तयारी बिना नै विषादि परिक्षण सुरु गर्दा समस्या आएकाले हाम्रै सरोकारवाला मन्त्रालयहरूको प्रस्तावमा परिक्षण रोकिएको दाबीसमेत ओलीको थियो गरे । 

 ‘पर्याप्त तयारी बिना परिक्षण थाल्दा अलिकति समस्या आयो । हाललाई यसलाई रोक्नु प¥यो र हामीले क्वारेन्टाइनहरू सुदृढ गर्नु प¥यो, क्वारेन्टाइन विकास गर्नु प¥यो अनि यसलाई लागू गर्दा ठीक हुन्छ भनेर हाम्रा मन्त्रालयहरूबाट प्रस्ताव आएपछि हामीले परिक्षण कार्य तत्काललाई रोकेका हौं, कसैको दबाबका रोकिएको होइन’ उनले भने ।
बिना तयारी सरकारले एक स्टेप फरवार्ड भएर विषादी परिक्षण सुरु गरेकाले तत्काललाई पछाडि फर्कनुपर्ने स्थिति आएको बताए । ‘विषादी जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं । त्यतापट्टि सरकारको ध्यान छ । हामी एक स्टेप फरवार्ड भएछौं । त्यही कारण अहिलेलाई परिक्षण रोक्नु परेको होे’ उनले भने ।
 उनले सिमामा पर्याप्त जनशक्ति र उपकरणसहित जाँच केन्द्र स्थापना भएपछि विषादी जा“चपासको प्रक्रिया पुनः सुरु हुने बताए । विषादी परिक्षणका लागि सरकारले भन्सार नाकाहरूमा जा“च केन्द्रहरू स्थापना गरिरहेको उल्लेख गर्दै उनले केन्द्र स्थापना भएपछि परिक्षण सुरु गरिने बताए ।
ओलीले आमजनताले शुद्ध र विष रहित खानेकुरा खान पाऊन् र भान्सासम्म विषादी नपुगोस् भन्नेतर्फ सरकार सचेत र सजग रहेको बताए । ‘विषादीयुक्त चिज खानु हुँदैन । त्यो हामीले नै भनेको हो । अहिले जान्ने धेरै निस्किए’ प्रधानमन्त्री भने– ‘नेपाललाई हामी अर्गानिक बनाउन चाहन्छौं । खाने कुरा शुद्ध होस् । हाम्रो भान्सामा विष नपुगोस् । त्यो हाम्रो आकांक्षा हो । चाहना हो । यसलाई हामी पूरा गर्छौं ।’

No comments:

Post a Comment