काठमाडौं, १५ असार– कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक ऋषिराम पौड्याललाई मातृशोक परेको छ । उनकी ९४ वर्षीया आमा तोयादेवीको आइतबार निधन भएको हो । सिन्धुपाल्चोकको सुनकोसी–४, यमुना डा“डाकी पौड्याल लामो सयमदेखि दम र उच्च रक्तचापबाट पीडित थिइन् ।
उनका ३ छोरा र ४ छोरी छन् । तोयादेवीको अपराह्न पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरियो । नेपाल पत्रकार महासंघ कान्तिपुर पब्लिकेसन्स शाखाले उनको निधनप्रति गहिरो शोक प्रकट गरेको छ ।
No comments:
Post a Comment