काठमाडौं, १५ असार– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा हुने विश्व आर्थिक मञ्चको १३ औं सम्मेलनमा भाग लिन आइतबार प्रस्थान गरेका छन् । सम्मेलनको ‘विश्व अर्थतन्त्रमा नया“ अवसरको खोजी’ शीर्षकको अनौपचारिक छलफलमा उनी सहभागी हुने छन् । ज्ञवाली सन् २०२० का लागि जी–२० कार्यसूची विषयको छलफल सत्रमा समेत सहभागी हुने जानकारी परराष्ट्र मन्त्रालय दिएको छ ।
मन्त्री ज्ञवालीले मंगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट ?’ र, ‘नयाँ शक्ति संकलन’ विषयक छलफल सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले डालियानमा रहँदा राजनीतिक नेता एवं व्यापारिक वर्गसँग समेत भेटवार्ता गर्नेछन् ।तीनदिने बैठक सकेपछि उनी बुधबार डालियानबाट बेइजिङ जाने कार्यक्रम छ । बेइजिङमा उच्चस्तरीय चिनिया“ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । उनी असार २० मा स्वदेश फर्कने कार्यक्रम छ ।
No comments:
Post a Comment