Sunday, July 7, 2019

‘असार २८ भित्रै बालीनाली थन्क्याइसक्नू’

काठमाडौं, २१ असार– सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ अगावै थन्काइसक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।
महाशाखाले नदी र खोलामा जलस्तर बढदो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून छ।डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बा“के, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आइतबार बिहानदेखि बहाव उच्च हुने अनुमान छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत महाशाखाले अनुरोध गरेको छ।





No comments:

Post a Comment