Sunday, July 7, 2019

जनस्वास्थ्यमाथि गम्भीर खेलबाड र लापर्बाही : कांग्रेस

विषादी परिक्षण स्थगन
काठमाडौं, २१ असार– भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले आरोप लगाएको छ । विषादी परीक्षण रोक्ने निर्णयबाट सरकार नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति गम्भीर खेलबाड गर्न किञ्चित हिच्किाउ“दैन भन्ने देखिएको उसको टिप्पणी छ ।
‘विषादी परीक्षणमा के विसर्जित भएको त होइन सरकारको राष्ट्रवादी चरित्र ?’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । आफ्नो घोषित नीतिविपरीत सरकार नेपाल–भारत सीमाको भन्सार बिन्दुमा तरकारी फलफूललगायतमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न कांग्रेसले सरकारसित माग गरेको छ ।
काठमाडौंको प्रदूषणको प्राविधिक मापनको ज्ञानबिनै एकातर्फ मास्क नलगाई हि“ड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबिनै अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको भनाइ छ ।
‘विषादीयुक्त खाद्यपदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई बिर्सिएर सरकार आफ्नै घोषणाविपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैरजिम्मेवारी हो,’ विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका बेला दिएको राष्ट्रवादी नारा अहिले आएर विसर्जन भएको कांग्रेसको टिप्पणी छ । ‘निर्वाचनका बेला अभिव्यक्त महान् राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदै छ ?’ विज्ञप्तिमा छ ।


No comments:

Post a Comment