Tuesday, July 9, 2019

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको ताम्चा, सुगरखालस्थित नवदुर्गा राष्ट्रिय निमाविको व्यवस्थापन समिति अध्यक्ष यामबहादुर घर्तीमगरसहित ४ जना र जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।
घर्तीमगरले तत्कालीन प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्यायसँग मिलेर दैलेखका शिक्षक अशोकप्रसाद तिवारीको अध्ययन अनुमतिपत्र पेस गरी व्यवस्थापन समितिको फर्जी निर्णय पुस्तिका र नियुक्तिपत्र तयार पारेर राहत शिक्षक कोटामा प्रकाशमान जैसीलाई नियुक्त गरेको अख्तियारले जनाएको छ । चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्न सेवाग्राहीसँग १८ हजार रुपैयाँ घूस लिएको अख्तियारको आरोप छ ।



No comments:

Post a Comment