काठमाडौं, १५ असार– राजधानीको भद्रकाली मन्दिर परिसरमा उपचारका नाममा दुव्र्यवहारमा परेकी पीडित युवती सम्पर्कमा नआएपछि कथित ‘धर्तीमाता’ विष्णु कुँवरविरुद्धको मुद्दा कमजोर बनेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दुव्र्यवहारबाट पीडित युवती सम्पर्कमा नआएकाले कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ । ‘युवती सम्पर्कमा आएको भए बोक्सीको नाममा दुव्र्यवहार आरोपमा बढी सजाय हुने प्रकृतिको मुद्दा चलाउ“थ्यौं, युवती सम्पर्कमा नआएकाले बाध्यतावश अभद्र व्यवहारमा मात्र मुद्दा अगाडि बढाएका छौं,’ प्रहरी स्रोतले भने ।
स्रोतका अनुसार युवतीको खोजी जारी रहेको र प्रहरीको सम्पर्कमा आए कुँवरविरुद्ध फेरि अर्काे मुद्दा दर्ता गरिनेछ । असार ५ मा आफूलाई धर्तीमाता बताउने कुँवरले भद्रकालीमा युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीले बुटवलस्थित कालिकानगर बस्ने कुँवरलाई बालाजुबाट तीन दिनअघि पक्रेको थियो । प्रहरीका अनुसार उनले यसअघि समेत पटक–पटक उपचारका नाममा थुप्रै व्यक्तिलाई दुव्र्यवहार गर्दै आएको जानकारीमा आएकाले त्यसबारेमा समेत थप अनुसन्धान भइरहेको छ ।
No comments:
Post a Comment