काठमाडौं, २० असार– जर्मनीले तीनवटा परियोजना कार्यान्वयन गर्न नेपाललाई ३ अर्ब २ करोड रुपैया“ अनुदान सहयोग दिने भएको छ।जर्मन सरकारले ग्रामीण सौर्य ऊर्जा प्रवद्र्धन, सहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धसहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त सहयोग प्रदान गर्न लागेको हो।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफेरले अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा राजदूत सेफेरले आफ्नो देशले प्रदान गर्न लागेको अनुदान सहयोगले दुई देशबीचको लामो साझेदारी र सहकार्यलाई प्रतिविम्बित गरेको बताए ।
‘यो लामो समयदेखिको पारस्परिक सहयोगको प्रतिफल हो,’ उनले भने । सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जर्मनीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

No comments:
Post a Comment