काठमाडौं, २० असार– भारतले यस वर्ष नेपाललाई दिँदै आएको अनुदान सहयोग ४० प्रतिशत वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमनले शुक्रबार लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ (भारु १० अर्ब ५० करोड) अनुदान सहयोग विनियोजन गरेकी हुन् ।
यो सहयोग नेपाललाई अघिल्लो वर्ष दिइएको भन्दा ४ अर्ब ८० करोड रुपैयाँ बढी हो । गत वर्ष भारतले नेपाललाई १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ) अनुदान सहयोग गरेको थियो । नेपाल भारतबाट बढी अनुदान पाउने देशमा तेस्रो स्थानमा परेको छ । भारतले आफ्नो बजेटमा नै छिमेकी तथा मित्र राष्ट्रहरूलाई दिने अनुदान रकम विनियोजन गर्छ ।
भारतले यस वर्ष भूटानलाई ३४ अर्ब १६ करोड रुपैयाँ (भारु २१ अर्ब ३५ करोड) अनुदान सहयोग दिने भएको छ । यसबाहेक भारतले भुटानलाई १० अर्ब ६५ करोड रुपैयाँ (भारु ६ अर्ब ६६ करोड) सहुलियतपूर्ण ऋण सहयोग गर्दैछ । भारतले बजेटमा अनुदान र ऋण गरी भुटानका लागि यस वर्ष ४४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
भारतले मौरिससलाई १७ अर्ब ६ करोड रुपैयाँ र सिसेललाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग विनियोजन गरेको छ । भारतले म्यान्मारलाई ६ अर्ब ४० करोड, माल्दिभ्सलाई ६ अर्ब ४० करोड अनुदान र २ अर्ब ८० करोड ऋण, श्रीलंकालाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब ८० करोड, अफगानिस्तानलाई ६ अर्ब ४० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ ।यो सहयोग नेपाललाई अघिल्लो वर्ष दिइएको भन्दा ४ अर्ब ८० करोड रुपैयाँ बढी हो । गत वर्ष भारतले नेपाललाई १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ) अनुदान सहयोग गरेको थियो । नेपाल भारतबाट बढी अनुदान पाउने देशमा तेस्रो स्थानमा परेको छ । भारतले आफ्नो बजेटमा नै छिमेकी तथा मित्र राष्ट्रहरूलाई दिने अनुदान रकम विनियोजन गर्छ ।
भारतले यस वर्ष भूटानलाई ३४ अर्ब १६ करोड रुपैयाँ (भारु २१ अर्ब ३५ करोड) अनुदान सहयोग दिने भएको छ । यसबाहेक भारतले भुटानलाई १० अर्ब ६५ करोड रुपैयाँ (भारु ६ अर्ब ६६ करोड) सहुलियतपूर्ण ऋण सहयोग गर्दैछ । भारतले बजेटमा अनुदान र ऋण गरी भुटानका लागि यस वर्ष ४४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
भारतले अनुदान र ऋण सहयोगमा १ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । उसले १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ र बाँकी ऋण सहयोग प्रदान गर्नेछ ।
No comments:
Post a Comment