काठमाडौं, १८ असार– सरकारले नेपालमा आउने विदेशीका लागि भिसा शुल्क बढाएको छ । भिसा शुल्क कम्तीमा ३० अमेरिकी डलर पु¥याइएको छ । यसअघि न्यूनतम भिसा शुल्क २५ डलर थियो । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिने गरेको छ ।
३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट बढाएर ५० अमेरिकी डलर तथा ९० दिनको भिसा शुल्क सयबाट वृद्धि गरी एक सय २५ अमेरिकी डलर पु¥याइएको जानकारी अध्यागमन विभागले दिएको छ ।
पर्यटक भिसाको म्याद थप्दा लाने शुल्कसमेत वृद्धि गरिएको छ । यसअघि पर्यटक भिसाको म्याद थप्न प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्ने जानकारी विभागले दिएको छ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क २० डलरबाट बढाएर २५ डलर पु¥याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने विदेशीले अब एक दिनको पा“च डलरका दरले शुल्क तिर्नुपर्छ । यसअघि यस्तो शुल्क प्रतिदिन तीन डलर थियो ।
भिसा शुल्क ११ वर्षपछि बढाइएको दाबी विभागले गरेको छ । यसअघि ०६५ साउन १ मा भिसा शुल्क बढेको थियो, त्यसपछि बढेको थिएन । गृह मन्त्रालयमार्फत अध्यागमनले अघि बढाएको प्रस्तावअनुसार मन्त्रिपरिषदले भिसा शुल्क वृद्धिको निर्णय गरेको हो । शुल्क वृद्धिको निर्णय राजपत्रमा सूचना प्रकाशित भएपछ लागू हुने जानकारी विभागले दिएको छ ।
No comments:
Post a Comment