Thursday, July 4, 2019

जेष्ठताका आधारमा मात्र शान्ति सेना पठाउन थालियो

  • अब शान्ति सेनामा जान सोर्सफोर्स लगाउनु नपर्ने
  • प्रधानसेनापति र जर्णेलको कोटा खारेज
  • शान्ति सेना छनौट कार्यविधि लागू
काठमाडौं, १८ असार– अब नेपाली सेनाबाट जवान, पदिक र अधिकृत तहका सैनिकले राष्ट्रसंघीय शान्ति सेनामा जान भन्सुन गर्नु नपर्ने भएको छ । सैनिक मुख्यालय जंगी अडडाले जवान, पदिक र अधिकृत तहका सैनिकलाई जेष्ठताका आधारमा मात्र शान्ति सेनामा पठाउने कार्यविधि बनाएर लागू गरेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले शान्ति सेना पठाउने प्रक्रियालाई पारदर्शी, न्यायपूर्ण र पक्षपातरहित बनाउन जंगी अडडाले ‘शान्ति सेना छनौट कार्यविधि, २०७६’ बनाई लागू गरिएको जानकारी दिए । कार्यविधिअनुसार जेष्ठताका आधारमा मात्र शान्ति सेनामा पठाइन थालिएको जानकारी दिंदै उनले अब शान्ति सेनामा जान भन्सुन गर्नुपर्ने अवस्थाको अन्त्य भएको जानकारी दिए ।
उनका अनुसार अब जवान शान्ति सेनामा जान ११ वर्ष सेवा अवधि पुगेकै हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि भर्ना भएको ६ वर्ष पुगेपछि जवानहरूले शान्ति सेनामा जान पाउ“थे । त्यही कारण माथिल्लो तहका सैनिक अधिकारी र प्रधानमन्त्री तथा रक्षामन्त्रीसित पहु“च हुने जवान, पदिक र अधिकृतहरू शान्ति सेनामा जाने प्राथमिकतामा पर्थे ।
जंगी अडडा स्रोतका अनुसार शान्ति सेनामा जाने अवसर सबै सैनिकलाई मिल्दैनथ्यो । शान्ति सेनामा जान सेनाभित्र भनसुन र सोर्सफोर्स चल्ने गरेको थियो । भन्सुन र सोर्सफोर्स चल्ने भएकाले नेपाली सेनाभित्र जर्णेल या माथिल्लो तहका अधिकारीलाई पैसा खुवाएर या फर्किंदा मह“गो उपहार ल्याइदिने शर्तमा समेत शान्ति सेनामा जाने प्रवृत्ति थियो । जवानमात्र होइन कार्यविधिअनुसार अब पदिक र अधिकृतहरूले समेत जेष्ठताका आधारमा शान्ति सेनामा जान पाउने छन् ।
कार्यविधि लागू भएस“गै जंगी अडडाले भनसुन र सोर्सफोर्सका आधारमा होइन रोलक्रमका आधारमा शान्ति सेनामा पठाउन सुरु गरेको छ । ‘नेपाली सेनाले शान्ति सेनामा जान जवान, पदिक र अधिकृतहरूले लामो समयसम्म कुरेर बस्नु पर्ने अवस्थालाई व्यवस्थित गर्न शान्ति सेना छनौट कार्यविधिका केही प्रावधान परिमार्जन गरिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ‘कार्यविधिको प्रावधानअनुसार शान्ति सेनामा पारदर्शी ढंगले जेष्ठताका आधारमा मात्र पठाउन सुरु गरिएको छ । भर्ना भएको समयका आधारमा शान्ति सेनामा पठाइने भएकाले अब कसैले कतै गएर भनसुन गरिरहनु पर्दैन ।’
जंगी अडडाका अनुसार जेष्ठताको रोलक्रमअनुसार पालो आएपछि जवानदेखि सबै पदिक र अधिकृतले शान्ति सेनामा जाने समान अवसर पाउने छन् । नेपाली सेनाभित्र जवान, पदिकदेखि अधिकृत तहसम्मका लागि सबभन्दा ठूलो आकर्षण शान्ति सेना हो । राम्रो कमाइ हुने भएकाले जवान, पदिकदेखि अधिकृतहरूसमेत शान्ति सेनालाई राम्रो अवसर मानिन्छ ।
शान्ति सेनामा जाने सैनिक छनौटको व्यवस्थित प्रावधान नभएका कारण यसअघि कोही दोहो‍याएर शान्ति सेनामा जाने गरेका थिए भने कसैले पूरै जागिर अवधिभर एकपटक पनि शान्ति सेनामा जान पाउ“दैनथे । कार्यविधिमा अब दोहो¥याएर शान्ति सेनामा जान २० वर्ष जागिर अवधि पुगेकै हुनु पर्ने प्रावधान राखिएको छ ।
नया“ कार्यविधिस“गै शान्ति सेनामा पठाउन यसअघि सेनाका उच्च अधिकारीलाई छुट्ट्याइने गरेको कोटासमेत स्वतः खारेज भएको छ । ‘पहिला आफूस“ग नजिक भएका आधारमा जर्नेलहरूको सिफारिसमा शान्ति सेनामा पठाउने प्रवृत्ति थियो’ एक सैनिक अधिकारीले भने, ‘नया“ कार्यविधिस“गै अब शान्ति सेनामा पठाउने प्रधानसेनापतिसहित सबै जर्णेलहरूको कोटा स्वतः खारेज भएको छ ।’ यसअघि प्रधान सेनापति र जर्णेलहरूले शान्ति सेनामा पठाउने कोटा तोकिएको हुन्थ्यो । उनीहरूले आफ्नो कोटाबाट आसेपासे, चाकरीदार या ‘कोसेलीपात’ ल्याउनेलाई मात्र शान्ति सेनामा पठाउ“थे ।
जंगी अडडाले शान्ति सेनामा पठाउने रोलक्रमलाई पारदर्शी र व्यवस्थित बनाउन मुलुकभरका सबै सैनिकको केन्द्रीय डाटा बैंक स्थापना गरेको छ । डाटा बैंकमा जवान, पदिकदेखि सबै अधिकृतको सेवा प्रवेश, पदोन्नतिको मितिलगायतका विवरण राख्न थालिएको छ । डाटा बैंकका आधारमा जवानदेखि सबै पदिक र अधिकृतको जेष्ठताको मापन गरिन्छ र त्यही आधारमा शान्ति सेनामा जानेहरूको छनौट गरिने जानकारी जंगी अडडा स्रोतले दिएको छ ।
 जंगी अडडाले जेष्ठतालाई मात्र शान्ति सेनामा पठाउने आधार बनाएपछि यसअघि सेनाका पृतिना, बाहिनी, गण, गुल्म र युनिटहरूलाई शान्ति सेनामा पठााउन वितरण गरिने कोटा प्रणालीसमेत खारेज गरेको छ । अब पृतिना, बाहिनी, गण, गुल्म र युनिटहरूले शान्ति सेनामा जाने व्यक्तिको सिफारिस गर्न पाउने छैनन् ।
जंगी अडडाका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले पदभार सम्हाल्नासाथ सैनिकहरूका गुनासाको अध्ययन गरेका थिए । थापाले अध्ययनका क्रममा सबभन्दा बढी गुनासो शान्ति सेनामा पठाउन हुने गरेको भनसुन र सोर्सफोसका सम्बन्धमा पाएका थिए । उनले भन्सुन र सोर्सफोर्सको प्रवृत्तिलाई अन्त्य गर्न शािन्त सेनामा जेष्ठताका आधारमा मात्र पठाउने कार्यविधि बनाएर लागू गराएका हुन् ।
कुल ९७ दरबन्दी रहेको नेपाली सेना हाल विश्वका १२ देशका १३ मिसनमा जाने गरेको छ । हाल शान्ति सेनामा जवान, पदिक र अधिकृत गरी ५ हजार ६३ जना कार्यरत छन् । उनीहरू १ वर्षका लागि मिसनमा बस्न पाउ“छन् । शान्ति सेनामा एक वर्ष रह“दा जवानले राष्ट्रसंघबाट कम्तीमा १५ लाख रुपैया“ पाउ“छन् । पदिक र अधिकृतले त्योभन्दा बढी आम्दानी गर्छन् । शान्ति सेनामा एक वर्ष बस्दाको नेपालको तलबसुविधा छुट्टै बचत हुने जानकारीसमेत जंगी अडडा स्रोतले दिएको छ ।















No comments:

Post a Comment