काठमाडौं, १५ असार– लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन सम्बन्धमा सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ आइतबार पनि सकिएन । विज्ञापनसम्बन्धी ४ वटा रिटमाथि आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा भएको बहस नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
अधिवक्ता विकास ठाकुरले लोकसेवा विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशीअनुसार नरहेकाले रद्द गर्नुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए । विज्ञापनको पक्ष÷विपक्षमा थप तीन रिट सर्वोच्चमा छन् । ती रिटमाथि सर्वोच्चले एकसाथ सुनुवाइ गरिरहेको छ ।
लोकसेवाले ५१५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा दरखास्त दिने म्याद असार १० मा सकिएको छ । दोब्बर दस्तुर तिरेर मंगलबारसम्म आवेदन दिन सकिने छ ।

No comments:
Post a Comment