Sunday, December 16, 2018

निर्मलाका बाबु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १ पुस– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबु यज्ञराज पन्त त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट आइतबार डिस्चार्ज भएका छन् । तीन साता लामो उपचारपछि अस्पतालले पन्तलाई डिस्चार्ज गरेको हो ।
पन्त पूर्ण रूपमा स्वस्थ भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । छोरीको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग राखी अनसनमा बसेका पन्तको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनलाई मंसिर ९ मा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार पन्तमा मानसिक तनाव बढी देखिएको र थाइराइडको समस्या थियो । उपचारपछि पन्तको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

No comments:

Post a Comment