Monday, December 10, 2018

स्वास्थ्यमा काम घटयो, सचिव बढे

तीन सचिवको सरुवा
काठमाडौं, २३ मंसिर– सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनिक सचिवको दरबन्दी थप गरेको छ । मन्त्रिपरिषदको मंसिर १७ मा बसेको बैठकले एउटा मन्त्रालयमा एक जनामात्र सचिव राख्ने आफ्नै घोषित नीतिविपरीत स्वास्थ्यमा विशिष्ट श्रेणी थप गरेको हो ।
अब स्वास्थ्य मन्त्रालयमा विशिष्ट श्रेणीका चिकित्सक र प्रशासनतर्फका गरी दुई जना सचिव रहनेछन् ।
स्वास्थ्यको धेरैजसो दायित्व प्रदेशहरूमा हस्तान्तरण भइसकेपछि जिम्मेवारी र काम घटेको मन्त्रालयमा उल्टै सचिवको दरबन्दी थप गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यको दायित्व सम्हाल्न थालिसकेका छन्, स्वास्थ्यका कर्मचारीहरू प्रदेश मातहतका निकायमा समायोजन हुने क्रम सुरु भइसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव दिनेश थपलियाले स्वास्थ्यमा प्रशासनतर्फको विशिष्ट श्रेणीको अस्थायी दरबन्दी कायम गरिएको जानकारी दिए ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव (प्रशासन) केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ ।
स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जगेडामा राखिएको छ । स्वास्थ्यमा चिकित्सकतर्फका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकु¥याल निमित्त सचिव छन् भने अब प्रशासनिकतर्फको सचिवको जिम्मेवारी अधिकारीले सम्हाल्नेछन् ।
सार्वजििनक खरिद अनुगमन कार्यालयका सचिव मधु रेग्मीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । आयोगका सचिव बेगेन्द्र शर्मा पौडयाललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सारिएको छ ।


No comments:

Post a Comment