Sunday, December 2, 2018

कांग्रेस संघीयताविरोधी अभियानमा : दाहाल

काठमाडौं, १५ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।
वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति ः सम्भावना र चुनौती’ पुस्तकको शनिबार राजधानीमा विमोचना गर्दै उनले कांग्रेस ऐतिहासिक परिर्वतनलाई भत्काउन लागिपरेको दाबी गरे ।
उनले राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्यारा आउनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिडेको दाबी गरे । कांग्रेसले संघीयताको विरोधमा के गरिरहेको छ भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
राजसंस्था फर्काउन लागेकाहरूको दुस्साहस आफूहरूका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि सजग हुनुपर्ने बताए । उनले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाइनमा काम भइरहेको दाबीसमेत गरे ।
जनआन्दोलन र सशस्त्र द्वन्द्वबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्नेभन्दा प्रहार गर्ने तत्व बढै गएको धारणासमेत उनको थियो । उनले षडयन्त्रलाई चिरेर उपलब्धिलाई संस्थागत गर्न परिर्वतनकामी कम्युनिष्टहरूबीच अझै गम्भीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

No comments:

Post a Comment