Tuesday, December 25, 2018

सहमतिपछि पूर्वलडाकुको अनसन तोडियो

काठमाडौं, ९ पुस– पूर्व लडाकुहरूले सरकारसँग चार बुँदे लिखित सहमतिपछि सोमबारदेखि अनसनको कार्यक्रम फिर्ता लिएको छन् । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा सशस्त्र द्वन्द्वका घाइते र अपांग पूर्वलडाकुहरूको उपचार सरकारले निःशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरूmले आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे र पूर्वलडाकुका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक, पार्वती पुनले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरूको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले मुलुकबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगलाई सरकारका तर्फबाट आवश्यक खर्चका लागि पहल गर्ने, घाइते, अपांगहरुको उपचारका क्रममा भएको खर्चको सरकारले तिर्ने उल्लेख छ । सहमतिपछि थुनामा रहेका पूर्व लडाकु युवराज विकलाई सोमबार नै रिहा गरिएको छ ।घाइते र अपांग पूर्व लडाकुका तर्फबाट राखिएका अरू मागका सम्बन्धमा सिफारिस गर्न गृह मन्त्रालय, घाइते अपांग योद्धा संघको प्रतिनिधि तथा कानुनविद रहेको कार्यदल गठन गरी दीर्घकालीन समाधान खोज्ने सहमतिसमेत भएको छ । सरकारले तत्काल कार्यदल गठन गर्ने र तीन महिनामा प्रतिवेदन दिनेसमेत सहमतिपत्रमा उल्लेख छ ।


No comments:

Post a Comment