Friday, December 7, 2018

मुख्यमन्त्रीहरूसित भिडियो संवाद गर्न प्रधानमन्त्री कार्यालयमा एक्सन रुम

काठमाडौं, २० मंसिर–प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अनलाइन अनुगमन र सातै प्रदेशका मुख्यमन्त्रीसित भिडियो संवाद गर्न मन्त्रिपरिषद कार्यालयमा विशेष कक्ष (एक्सन रुम) निर्माण कार्य सुरु भएको छ ।
मन्त्रिपरिषद कार्यालयको टेन्डर सूचनाअनुसार ‘एक्सन रुम’ निर्माण गर्न दुइटा कम्पनीले प्रस्ताव हालेका छन् । नेपालमा एक्सन रुम बनाउने दुईवटामात्र कम्पनी भएकाले दुइटामात्र प्रस्ताव परेको दाबी प्रधानमन्त्री कार्यालय स्रोतले गरेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले समिति गठन गरी दुई कम्पनीको प्रस्तावको प्राविधिक अध्ययन गरिरहेको छ । समितिले एक सातामा दुईमध्ये उपयुक्त एउटा कम्पनी छनोट गर्नेछ ।
कम्पनी छनोट भएको एक महिनामै एक्सन रुम निर्माण गरिसक्ने योजना प्रधानमन्त्री कार्यालयको छ ।
एक्सन रुम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दोस्रो तलामा निर्माण हुनेछ । मन्त्रिपरिषद कार्यालयको एक्सन रुमस“गस“गै राष्ट्रिय गौरवका सबै आयोजनास्थलमा र सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा भिडियो संवादका लागि आवश्यक उपकरण जडान गरिने जानकारी प्रधानमन्त्री कायाृलय स्रोतले दियो ।
‘प्रधानमन्त्री ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका २३ वटै आयोजनाको प्रगति के कति भइरहेको छ भनेर अनुगमन गर्न सक्नु हुनेछ । प्रधानमन्त्रीले आयोजनामा कुनै समस्या छन् भने तत्काल समाधान गर्न आवश्यक निर्देशन दिन सक्नु हुनेछ’ प्रधानमन्त्री कार्यालय स्रोतले भने– ‘एक्सन रुमबाट प्रदेश सरकारहरूस“ग समन्वय गर्न प्रधानमन्त्रीले सिधै मुख्यमन्त्रीहरूस“ग भिडियो संवाद गर्नु हुनेछ ।’ मुख्यमन्त्रीहरू प्रधानमन्त्रीलाई भेटन बारम्बार काठमाडौं आउन गाह्रो हुने भएकाले एक्सन रुमबाटै प्रधानमन्त्रीले एक साथ सबैसित भिडियो संवाद गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

No comments:

Post a Comment