Friday, December 28, 2018

विज्ञप्ति गलत लेख्नेलाई परराष्ट्रले कारबाही गर्ने

काठमाडौं, १२ पुस– परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्या भण्डारीले इन्डोनेसियाका समकक्षीलाई पठाएको शोक सन्देशसम्बन्धी विज्ञप्तिमा गलत शब्द लेखेर जारी गर्ने कर्मचारीलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयले गलत शब्द राखेर विज्ञप्ति तयार पारी जारी गर्ने कार्यमा संलग्न कर्मचारीलाई लिखित स्पष्टीकरण सोधेको छ । परराष्ट्र मन्त्रालयको ‘दक्षिण, पूर्व एसिया तथा प्रशान्त महाशाखा’ का कर्मचारीले विज्ञप्ति तयार गरेर जारी गरेका हुन् ।
‘विज्ञप्तिमा गलत शब्द लेख्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ– ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिनेछ ।’
 इन्डोनेसियामा सुनामीका कारण धनजनको ठूलो क्षति भएकामा राष्ट्रपति भण्डारीले समवेदना व्यक्त गर्दै बुधबार इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोलाई पठाएको शोक सन्देशसम्बन्धी परराष्ट्रको विज्ञप्तिमा गलत शब्द थियो । परराष्ट्रले विज्ञप्तिमा समवेदना हुनुपर्ने ठाउ“मा बधाई शब्द राखिएको थियो । परराष्ट्रले गल्ती भएकामा बुधबार नै माफी माग्दै विज्ञप्ति सच्याएको थियो ।



No comments:

Post a Comment