Saturday, December 22, 2018

सीएमसीको धरौटी रोक्का नराख्न अल्पकालीन आदेश

काठमाडौं, ६ पुस– मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै धरौटी रकम जफत गर्न सरकारले अघि बढाएको प्रक्रियालाई उच्च अदालत पाटनले रोक लगाएको छ । सीएमसीका तर्फबाट दायर भएको निवेदनमा शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले आइतबारसम्म धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।
अदालतका न्यायाधीश प्रकाश ढुंगानाले सिएमसीको निवेदनमा दुवै पक्षको छलफल आवश्यक भएको भन्दै जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाएको उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले दिए । खानेपानी मन्त्रालयले ठक्का तोडने पत्र दिएको सीएमसीेको २ अर्ब ५० करोड रुपैया“ धरौटी जफत गर्न बैंकलाई पत्र लेख्नुका साथै मेलम्चीको बा“की काम अघि बढाउन अन्य विकल्प अघि बढाउनेबारेमा छलफल सुरु गरेको छ । आइतबार नै दुवै पक्षको जिकिर सुनेपछि अदालतले अल्पकालीन आदेश जारी राख्ने÷नराख्नेबारेमा फैसला गर्नेछ ।

No comments:

Post a Comment