Sunday, December 23, 2018

सरकारलाई ज्येष्ठ नागरिक समितिको निर्देशन

काठमाडौं, ८ पुस– संघीय संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको अधिकारको सूचीमा रहेको हुदा त्यससम्बन्धी निकाय र बजेट हस्तान्तरण गर्ने प्रक्रियामा भइरहेको प्रगतिबारे जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार बसेको बैठकले नेपाल बाल संगठनको वार्षिक आय तथा खर्चको यथार्थ विवरणसमेत उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले नेपाल बाल संगठनले आफ्नो चल÷अचल सम्पत्तिलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउनेतर्फ ध्यान दिएको नदेखिएको निष्कर्षसमेत निकालेको छ । समितिले बाल संगठनलाई उसको आफ्नो सम्पत्ति दीर्घकालीन स्थायी आम्दानीका लागि उपयोग गर्ने रणनीति बनाई परिचालन गर्न निर्देशन दिएको छ । समितिले पशुपति वृद्धाश्रम स्वास्थ्य, वातावरण र संरचनागत दृष्टिले बसोबासका निमित्त कतिको उपयुक्त छ, भन्नेबारेमा अध्ययन गरी प्रतिवेदन दिनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment