Tuesday, December 25, 2018

निर्मलाको हत्यारा पत्ता लगाउन विद्यार्थीले गुहारे राष्ट्रसंघ

काठमाडौं, ९ पुस– विद्यार्थीहरूले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै सोमबार संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । ‘निर्मलाको न्यायका निम्ति अभियान’ मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले १ सय ५० दिन पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै हस्ताक्षर संकलन गरी सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाएका छन् ।
निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गरी पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय हस्ताक्षर बुझाइएको जानकारी अभियानका विद्यार्थीले दिएका छन् । उनीहरुले माइतीघरमा भेला भएर निर्मला पन्तको न्यायका निम्ति एक साता लामो हस्तक्षार संकलन अभियान गरेका थिए । उनीहरू बलात्कारलगायतका महिलाहिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन् ।




No comments:

Post a Comment