Sunday, December 23, 2018

प्रभागभित्रै गोली चल्यो, प्रहरी जवान घाइते

असई रमेशलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु
काठमाडौं, ७ पुस– ललितपुरको लाकुरीभञ्जाङ प्रहरी प्रभागमा शुक्रबार राति अचानक गोली चल्दा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । गोली अरू कसैले नभएर प्रभागका इञ्चार्ज असई रमेश तामाङले नै चलाएका हुन् । गोली गालामा लागेर उनकै साथी प्रहरी जवान श्रेष्ठ घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले प्रारम्भिक अनुसन्धानमा असई तामाङले नियतवश नभई प्राविधिक गल्ती गर्दा गोली चलेको जानकारी दिए । राति गोली चलेको खबर सुन्नासाथ खनाललगायतको टोली प्रभागमा पुगेको थियो । टोलीले स्थलगत अध्ययनबाट नियतवश नभई प्राविधिक गडबडीको कारण गोली चलेको निष्कर्ष निकालेको छ । प्रहरीले असई रमेशलाई नियनत्रणमा लिई घटनका बारेमा थप अनुसन्धान गरिरहेको छ ।
रमेश र रोशन दुवै साथीमात्र नभई दोलखामा घरसमेत स“गै छ । रोशन महानगरीय प्रहरी विपद व्यवस्थापन महाशाखा सामाखुसीमा कार्यरत छन् । उनी शुक्रबार असई रमेशलाई भेट्न प्रभागमा गएका थिए । दुवै जना शुक्रबार राति प्रभागभित्रै रहेको असई रमेशको क्वार्टरमा सुत्न तयारीमा थिए ।
त्यही बेला आफूले आफूले पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा गोली चलेर रोशनको गालामा लागेको बयान असई रमेशले दिएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले घटनाको अनुसन्धान गर्ने महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी गौतम मिश्रको संयोजकत्वमा पा“च सदस्य कार्यदल गठन गरेको छ । कार्यदलले शनिबार बिहानदेखि नै रमेशमाथि अनुसन्धान सुरु गरेको छ । गोली लागेर घाइते भएका जवान रोशनलाई असई रमेशले नै शुक्रबार राति नै प्रहरी अस्पताल पु¥याएका थिए । उपचाररत रोशनको अवस्था खतरामुक्त रहेको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरले दिएको छ ।

No comments:

Post a Comment