Monday, December 31, 2018

सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, १५ पुस– प्रधानमन्त्री केपी ओलीले मुलुकमा सामाजिक सदभाव  बिथोल्ने प्रयास भइरहेको बताएका छन् । तमु ल्होसार पर्वको अवसरमा आइतबार राजधानीको टु“डिखेलामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामाजिक सदभाव बिथोलिन नदिन राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
ओलीले सामाजिक सदभाव बिथोल्ने प्रयास गर्नेहरूलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आग्रह गरेका छन् । तर, उनले कसले सामाजिक सदभाव बिथोल्ने प्रयास गरेको भन्ने चाहि“ उल्लेख गरेनन् । प्रधानमन्त्रीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति बनाई कार्यान्वयन गर्न थालेको उल्लेख गर्दै पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरिएकोसमेत दाबी गरे ।
उनले संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने बताए । उनले सबै जाति र समुदायको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

No comments:

Post a Comment