Saturday, December 8, 2018

किन बनाइँदै छ १० वटा राजकीय अतिथि गृह ?

काठमाडौं, २१ मंसिर– सरकारले मित्र राष्ट्रहरूबाट नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राष्ट्रप्रमुख र सरकार प्रमुखका लागि सरकारी उच्च सम्मानका साथ आतिथ्यता प्रदान गर्न पुल्चोकको मन्त्री निवास रहेको स्थानमा १० वटा ‘राजकीय अतिथि गृह’ निर्माण गर्ने निर्णय गरेको जानकारी उच्च सरकारी अधिकारीले दिएका छन् । ‘मित्र राष्ट्रहरूबाट आउने अतिविशिष्ट पाहुनाहरूलाई होटलको सट्टा सरकारी आवासमा नै आतिथ्यता ग्रहण गराउन सुविधासम्पन्न राजकीय अतिथि गृह बनाउने निर्णय गरिएको हो’ ती अधिकारीले भने– ‘होटलमा भन्दा सरकारी आवासमा राख्दा विशिष्ट पाहुनाको बढी सम्मान हुन्छ ।’
ती अधिकारीका अनुसार प्रधानमन्त्री केपी ओलीले नै राजकीय अतिथि गृह निर्माणको अवधारणा ल्याएका हुन् । ओलीकै निर्देशनमा सहरी विकास मन्त्रालयले प्रस्ताव ल्याएर मन्त्रिपरिषदले निर्माण गर्ने निर्णय गरेको हो । मुलुकमा बिमस्टेक तथा सार्कको शिखर सम्मेलनजस्ता ठूला कार्यक्रम गर्दा आउने विदेशी विशिष्ट पाहुनालाई एकै ठाउ“मा राख्न १० वटा राजकीय अतिथि गृह बनाउन लागिएको हो ।
ठूला शिखर सम्मेलन हु“दा विदेशी पाहुनाहरूलाई छुट्टाछुट्टै होटलमा राख्दा कार्यक्रम अवधिभर राजधानीको सार्वजनिक यातायात ठप्प भई सर्वसाधारण मारमा पर्ने गरेकाले पनि राजकीय अतिथि गृह निर्माण गर्नुपर्ने आवश्यकता परेको हो । ‘सबै अतिथिलाई एकै ठाउ“मा राख्दा राजधानीमा ट्राफिक व्यवस्थापनको समस्या पनि हुन्न । विदेश अतिथिहरूबीच एक आपसमा भेटघाट गर्नसमेत सहज हुनेछ’ ती अधिकारीले भने ।
मुलुकमा अहिले विशिष्ट पाहुना राख्ने एउटा पनि सरकारी अतिथि गृह छैन । पञ्चायतकालमा अहिले राष्ट्रपति बसेको शीतल निवासमा विदेशी विशिष्ट पाहुनाका लागि राजकीय आतिथ्यता ग्रहण गराउने गरिन्थ्यो । ०४६ मा लोकतन्त्र पुनर्बहाली भएपछि उक्त भवन सरकारी कामकाजका लागि प्रयोग गर्न थालियो । उक्त भवनमा लामो समय परराष्ट्र मन्त्रालय राखियो । गणतन्त्र आएपछि उक्त भवनमा राष्ट्रपति कार्यालयलाई राखिएको छ ।
त्यसपछि मुलुकमा राजकीय आतिथ्यता गराउने कुनै सरकारी अतिथि गृह भएन । विशिष्ट पाहुना सहभागी हुने शिखर सम्मेलन र मित्र राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख नेपाल भ्रमणमा आउ“दा राजधानीका होटलहरूमा राख्ने र त्यही“ लन्च, डिनर गराउने गरिएको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीले राजकीय आतिथ्यता  गराउने भवन नहुदा वर्षौदेखि समस्या हु“दै आएकाले मन्त्रिपरिषद्ले पुल्चोकबाट मन्त्री निवास हटाएर राजकीय अतिथि गृह बनाउने निर्णय गरेको जानकारी दिए ।
राजधानी सहरको केन्द्र र सुरक्षाका हिसाबले उपयुक्त ठाउ“ भएकाले राजकीय अतिथि गृह बनाउने ठाउ“ पुल्चोक चयन गरिएको जानकारीसमेत ती अधिकारीले दिए । ‘निर्माण भएपछि पुल्चोक नेपालमा आउने विदेशी विशिष्ट पाहुनाहरूलाई राख्ने स्थायी राजकीय अतिथि गृह हुनेछ’ ती अधिकारीले भने । अतिथिहरूलाई महंगा होटलहरुमा राख्दा राज्यको बढी खर्च हुने गरेको उल्लेख गर्दै ती अधिकारीले सरकारी अतिथि गृह बनेपछि सस्तो पर्ने दाबी गरे ।
अरू मुलुकमा विदेशी विशिष्ट पाहुनाहरूलाई सरकारी अतिथि गृहमा राखिन्छ । अतिथि गृहमा विदेशी पाहुनाहरुका लागि बस्ने, खाने, सभा सम्मेलन गर्ने सम्पूर्ण सुविधा हुन्छ । नेपालमा पनि त्यही अवधारणामा अतिथि गृह बनाउन लागिएको जानकारी एक मन्त्रीले दिए । परराष्ट्रविद दिनेश भट्टराईले अरू मुलुकमा यस्ता अतिथि गृहहरू बनाउने चलन रहेकाले यहा“ पनि त्यो अवधारणामा जान खोज्नु ठिकै भएको बताए । ‘सुरक्षा र आर्थिक हिसाबले पनि यस्ता अतिथि गृह बनाउदा ठिकै हुन्छ’ उनले भने, ‘अहिले ठूला सभा सम्मेलन हु“दा होटलमा राख्नुपर्ने बाध्यता छ, एउटै सम्मेलनमा आउने पाहुनालाई धेरै स्थानहरुमा राख्नुपर्ने अवस्था छ ।’
मन्त्रिपरिषदले राजकीत अतिथि गृह बनाउने निर्णय गरे पनि त्यसको विस्तृत अध्ययन र डिजाइन तयार गर्न बा“की छ । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले अब अतिथि गृहको डिजाइन तयार गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘कस्तो बनाउने, कसरी बनाउने लगायतको अध्ययन हुन्छ’ सिंहले भने,‘अरु प्राविधिक पक्ष पनि हेरेर हामी निर्माणको प्रक्रिया अघि बढाउछौं ।’







No comments:

Post a Comment