Friday, December 28, 2018

नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

नेपाली विद्यार्थीलाई अतिरिक्त शुल्क हटाउन परराष्ट्रले पहल गर्ने
काठमाडौं, १२ पुस– सरकारले नेपाली र अमेरिकी नागरिकका लागि पर्यटक भिसा शुल्क बराबर बनाएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल र अमेरिकाबीच पर्यटक भिसा पारस्परिकतासम्बन्धी प्रस्ताव स्वीकृत गरी दुवै देशका नागरिकले एक–अर्को देशमा जा“दा समान भिसा शुल्क लाग्ने व्यवस्था गरेको हो ।
 अब अमेरिकी र नेपाली पर्यटक दुवैले एक–अर्को देशमा भ्रमणको लागि पा“च वर्षे बहुप्रवेशी भिसा लिंदा १ सय ६० डलर बुझाउनु पर्नेछ । यसअघि नेपालले अमेरिकी नागरिकलाई ९० दिनको भिसाका लागि सय डलर शुल्क लिने गथ्र्यो भने अमेरिकी सरकारले पा“च वर्षेबहुप्रवेशी भिसाका लागि एक सय ६० डलर नै लिन्थ्यो ।
गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसार अब अमेरिकी नागरिकले पनि पा“च वर्षे बहुप्रवेसी भिसा लिएपछि एक सय ८० दिनसम्म नेपालमा बस्न पाउनेछन् । यो नियम सन् जनवरी १ देखि लागू हुनेछ ।
सरकारले नेपाली विद्यार्थीहरूले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिदै आएको अतिरिक्त शुल्क हटाउन अमेरिकासित कूटनीतिक पहल गर्ने भएको छ । अमेरिकामा अध्ययन गर्न जान नेपाली विद्यार्थीले भिसा आवेदन दिंदा अमेरिकी दुतावासले अतिरिक्त शुल्क २ सय डलर लिंदै आएको छ ।

 मन्त्रिपरिषदको सोमबार बैठकले उक्त शुल्क हटाउने सम्बन्धमा अमेरिकी सरकारसित आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए ।

No comments:

Post a Comment