Monday, December 10, 2018

कम्पनीमा दर्ता नभएका गाडी पुस १ देखि गुड्न नपाउने

काठमाडौं, २३ मंसिर– कम्पनीमा दर्ता नभएका सार्वजनिक यातायातका गाडी पुस १ देखि गुडन नपाउने भएका छन् । सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका गाडी सडकमा गुडे पुस १ देखि नियन्त्रणमा लिन थाल्ने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम सरकारद्वारा जारी निर्देशिकामा मंसिर मसान्तसम्म कम्पनीका रूपमा दर्ता भई विभागमा पञ्जीकरण गरिसक्नुपर्ने समयसिमा तोकिएको छ । त्यही निर्देशिकाबमोजिम मंसिर मसान्तसम्म विभागमा पञ्जीकरण नभएका सार्वजनिक गाडी पुस १ देखि गुडन नपाउने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीले दिएका छन् ।
चैत १८ मा जारी निर्देशिकामा उद्योग कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेरमात्र सार्वजनिक यातायात चलाउन पाइने व्यवस्था गरिएको छ ।कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ महीनाको अवधिमा १५ सय कम्पनीका ६ हजार गाडीमात्र दर्ता भएको जानकारी विभागले दिएको छ ।
यसअघि संघसंस्था ऐनअनुसार सामाजिक संस्थाका रूपमा दर्ता भएका यातायात समितिले सार्वजनिक यातायात सञ्चालन गर्न पाइने व्यवस्था थियो । सरकारले यातायातमा रहेको एकाधिकार (सिन्डिकेट) तोडन सरकारले गत साउनदेखि नै संघसंस्था ऐनबमोजिमका यातायात समिति नवीकरण बन्द गरेको छ ।

No comments:

Post a Comment