Wednesday, December 5, 2018

प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

काठमाडौं, १८ मंसिर– सरकारले प्रधानमन्त्री केपी ओलीको एक लाख अमेरिकी डलर पुरस्कारमा त्यत्ति नै रकम थप गरी कोष खडा गर्ने भएको छ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको ओलीको प्रस्तावमा युवा तथा बालबालिकाको हितका लागि काम गर्ने कोष खडा गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिए।
‘कोषमा प्रधानमन्त्रीले पाएको एक लाख डलर पुरस्कार रकम राखिनेछ । सरकारले एक लाख डलर बराबर रकम थप गर्नेछ, कोषको सञ्चालन सरकारले नै गर्नेछ’ निर्णयबारे जानकारी दिंदै स्रोतले भने।
इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा एसिया प्यासिफिक समिटको समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिएको थियो । कार्यक्रममै प्रधानमन्त्री ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाका लागि काम गर्ने कोष खडा गरी जम्मा गर्ने बताएका थिए।


No comments:

Post a Comment