Friday, December 28, 2018

५ राजदूत नियुक्तिको सिफारिस

काठमाडौं, १२ पुस– सरकारले ५ वटा मित्र राष्ट्रका लागि राजदूत र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नियोगका लागि स्थायी प्रतिनिधि नियुक्त गर्न सिफारिस गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ती मुलुक र नियोगका राजदूतलाई फिर्ता बोलाई नया“ नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईलाई जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि नेपालको स्थायी प्रतिनिधि र स्वीटजरल्यान्डका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, भृगु ढुंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स र दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूत सिफारिस गरिएको छ । यी मुलुकमा कूटनीतिक सेवाका करिअरवालालाई राजदूत बनाउन लागिएको हो । फिर्ता बोलाइएका ती मुलुकका राजदूतसमेत कूटनीतिक सेवाकै हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उनीहरूको नाम संसदीय सुनुवाइका लागि संघीय संसदको सचिवालयमा पठाइसकेको छ । सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गरेर सम्बन्धित मुलुकमा एग्रिमाका लागि नाम पठाइनेछ । एग्रिमा आएपछि उनीहरू राजदूत भएर जाने छन् ।
फिर्ता हुने राजदूतहरूमा दीपक धिताल (जेनेभास्थित राष्ट्रसंघीय नियोग र स्वीटजरल्यान्ड), खगराज अधिकारी (थाइल्यान्ड), कालीप्रसाद पोखरेल (क्यानाडा), अम्बिका लुइ“टेल (फ्रान्स) र यज्ञबहादुर हमाल (कुवेत) छन् ।
सहसचिवबाट राजदूत भएर गएका ५ जनामध्ये अधिकारी, धिताल र लुइ“टेल ५८ वर्ष उमेर अवधि पूरा गरी परराष्ट्र सेवाबाट अनिवार्य अवकास पाइसकेका छन् । पोखरेल र हमाल भने राजदूतबाट फिर्ता भएपछि परराष्ट्र मन्त्रालयको सहसचिवमा फर्कने छन् । फिर्ता बोलाइएका ५ राजदूतलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको एग्रिमा (सहमति) प्राप्त नभएसम्म कामकाज गरिररहनसमेत सरकारले आग्रह गरेको छ ।


No comments:

Post a Comment