Sunday, December 2, 2018

समिटलाई लिएर नेकपामा तीव्र असन्तुष्टि

काठमाडौं, १६ मंसिर– सत्तारूढ नेकपाभित्र विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको युनिभर्सल पिस फेडरेसनद्वारा आयोजित एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टी प्रत्यक्ष सहभागी र सहयोगी बनेकामा नेताहरूमा असन्तुष्टि बढेको छ । कतिपय नेताले सार्वजनिक रूपमा तीव्र असन्तुष्टि प्रकट गरेका छन् । नेकपाका नेता भीम रावलले ट्वीट गर्दै कुनै व्यक्ति र निजी संस्थाको स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न नहुने बताएका छन् । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आयोजक र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सहआयोजक र सहयोगी बनेकोप्रति रोष प्रकट गर्दै रावलले असन्तुष्टि व्यक्त गरेका हुन् । नेता नेपाल आमन्त्रण समितिको संयोजक रहेको समिटमा नेकपाकै अध्ध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ अनुपस्थित रहे ।
समिटमा सहभागी हुनुअघि राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नुपर्ने उल्लेख गर्दै उनले शान्तिको नाममा समिट गर्नेहरूले त्यत्रो पैसा कहा“बाट आयो जनतालाई भन्नुपर्ने र नभने सरकारले खोजेर सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहा“बाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ’ रावलले ट्वीटमा भनेका छन् ।
नेकपाकै नेता घनश्याम भुषालले नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन भएको र त्यसको मूल्य मुलुकका सन्तान दरसन्तानले लामो समयसम्म तिनुपर्ने उल्लेख गरेका छन् ।
‘विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान(दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ’ भुषालले ट्वीटमा लेखेका छन् ।
प्रधानमन्त्रीलाई एक लाख डलरको अवार्ड
एसिया प्यासिफिक समिटको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ । आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित कार्यक्रममा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो ।
संस्थाकी प्रमुख हक जा हन मुनले ओलीलाई अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् । ओलीले पुरस्कार रकम युवा तथा बालबालिकाको क्षेत्रमा काम खर्च सरकारलाई हस्तान्तरण गर्ने बताएका छन् । ‘प्रधानमन्त्रीले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।’ कोष नै खडा गरेर त्यो रकम खर्च गर्ने ओलीको चाहना रहेको स्रोतले उल्लेख गरेको छ ।
ब्लेसिङको कार्यक्रम भएन
समिटको दोस्रो दिन युनिफिकेसन चर्चकी प्रमुख हाक जा हान मुनले १५ सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रम कार्यक्रम स्थगित भएको छ । आमन्त्रण गरिएका प्रधानमन्त्री केपी  ओली र उनकी पत्नी राधिका शाक्यसहित मुलुकभरका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले ‘ब्लेसिङ’ लिन अस्वीकार गरेपछि आयोजकले कार्यक्रमको स्वरूप नै परिवर्तन गरेका थिए ।
‘ब्लेसिङ’ का बारेमा विवाद भएपछि आयोजक युनिभर्सल पिस फेडरेसन नेपालले कार्यक्रमको नाम फेरेर गरेको छ । फेडरेसनको नया“ प्रोग्राम सेड्युलमा ‘पिस एन्ड फेमिली फेस्टिबल सेरिमोनी’ नाम दिइएको छ । फेडरेसनको पुरानो सेड््युलमा आइतबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री ओलीसहित १५ सय जोडीलाई माताले ब्लेसिङ दिने उल्लेख थियो । ्
नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम :  एशिया प्रशान्त सम्मेलन
 एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) द्वारा दुई दिनसम्म आयोजित सम्मेलनले आइतबार ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिएको छ ।
घोषणापत्रमा मानवीय र पृथ्वीमाथिको अस्तित्वको चुनौती बनेको जलवायु परिवर्तनसँगसम्बन्धी गम्भीर मुद्दालाई विश्व समुदायले प्रभावकारी र तत्कालै सम्बोधन गराउन पहल गर्नुपर्नेमा जोड दिइएकोे छ ।
समापन कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र वाचन गरेका थिए । घोषणापत्रमा अझ शान्तिपूर्ण र समतामूलक तथा समावेशी विश्व व्यवस्था कायम गर्न विश्वव्यापी सुरक्षामा बढो चुनौतीलाई ध्यान दिनुपर्ने उल्लेख छ ।
दिगो शान्ति र खुशीका लागि विवाह र परिवारजस्ता परम्परा महत्वपूर्ण भएकामा जोड दिंदै सम्मेलनले घोषणापत्रमा उक्त परम्पराबाट नै दिगो विकासलाई अगाडि बढाउन समाज र राष्ट्रले सुरक्षा गर्नुपर्छ भन्ने विश्वव्यापी घोषणालाई ध्यानमा राखिएको जनाएको छ । हिंसाबाट पीडित, अवसर र शिक्षाबाट बञ्चित महिलाको अवस्थामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउ“दै सम्मेलनले सबै तहका सरकारले यसलाई सम्बोधन गर्नुपर्नेमा धारणा अघि सारेको छ ।
घोषणापत्रमा जुनसुकै पेशा, राष्ट्रियता, संस्कृति, जातिका भए पनि सामाजिक दायित्व निभाउन युवा एवं विद्यार्थीलाई आग्रह गर्दै नैतिक छवि कायम गर्न, स्वचालित चेतना विकास गर्न र रुपान्तरणात्मक नेतृत्वको विकासमा युवा एवं विद्यार्थीको समावेश गर्र्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
आदर्श जीवनले नै परिवार, समाजमा र विश्व मानवीय सम्बन्धमा भिन्नता र मतभेद हटाउन मद्दत गर्ने उल्लेख गर्दै सम्मेलनले यसबाट नै विश्व परिवारको निर्माण हुने उल्लेख छ । 
‘विश्व शान्तिका लागि सम्मेलन उपलब्धिमूलक’
आयोजक समितिका संयोजक नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्रशान्त सम्मेलन विश्व शान्तिका लागि उपलब्धिमूलक भएको बताएका छन् ।  उनले नेपालको शान्ति प्रक्रिया अघि बढाउ“दाको समयमा आफूले गरेको योगदानको स्मरण गर्दै विश्वमै अनुपम नेपालको शान्ति प्रक्रियामा आफूहरुलाई गर्व रहेको बताए । द्वन्द्वको समाधानका लागि त्यसको गहिराइमा पुगी कारण पत्ता लगाउनुपर्ने र शान्तिपूर्ण वार्तामार्फत समाधानका लागि उपाय पहिल्याउनुपर्ने धारणा उनको थियो ।
यूपीएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जि वाल्सले आफ्नो संस्थाले विश्वमा शान्ति र विकासका लागि कार्य गर्दै आएको बताए ।
ि

No comments:

Post a Comment