Thursday, December 13, 2018

२४ हजार ५ सय विशुद्ध पारिश्रमिक हो : सञ्चारमन्त्री

काठमाडौं, २६ मंसिर– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले सरकारद्वारा तोकिएको पत्रकारहरूको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू गर्न मन्त्रालय र सूचना विभागका अधिकारीहरूलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा उनले विभिन्न सञ्चार माध्यममा भत्ता जोडेर पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५०० रुपैया“ पु¥याइएको पाइएको र त्यो गलत भएको बताए ।
‘पत्रकारको विशुद्ध पारिश्रमिक नै २४ हजार ५ सय रुपैया“ हुनुपर्छ, त्यसमा भत्ता जोडन मिल्दैन’ भन्दै उनले सञ्चार सचिव महेन्द्रमान गुरुङ र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई न्यूनतम पारिश्रमिक जसरी भए पनि कार्यान्वयन गराउन निर्देशन दिए । विभाग मुलुकभरका पत्रकारहरूलाई ‘प्रेस प्रतिनिधि प्रमाणपत्र’ दिने र प्रेस रजिष्टारको काम गर्ने निकाय हो । उनले सरकारको विकास योजनानुरूप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् । उनले आफ्नो मन्त्रालयको कामको गति सुस्त भएको उल्लेख गर्दै कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरे ।
बा“स्कोटाले सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुनसमेत कर्मचारीलाई निर्देशन दिए ।

No comments:

Post a Comment