Tuesday, December 25, 2018

हतारमा नतिजा खोज्दा अनुसन्धानमा कमजोरी भयो : आईजीपी खनाल

निर्मला हत्या प्रकरण
काठमाडौं, ९ पुस– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानका क्रममा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको स्वीकार गरेका छन् ।
अनुसन्धानका क्रममा निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न यातना र दबाव दिएको घटना एकपछि अर्को सार्वजनिक भइरहेका बेला खनालले प्रहरीको अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् ।
‘हतारमा नतिजा खोज्दा अनुसन्धानका क्रममा गलत अभ्यास भएको भेट्यौं’ सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने । उनले अब प्रहरीले अनुसन्धानका क्रममा गलत अभ्यास दोहोरिन नदिने बताए ।
‘निर्मलाको हत्यारा पत्ता लगाउने काममा प्रहरीले कति प्रतिशत सफलता हासिल गरेको छ ?’ भन्ने प्रश्नमा खनालले अनुसन्धानमा यति प्रतिशत सफलता हात प¥यो भनेर निर्धारण गर्न नसकिने बताए । ‘घटनाको अनुसन्धानमा कि शून्य प्रगति हुन्छ, कि शतप्रतिशत प्रगति हुन्छ’ उनको भनाइ थियो ।
उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिछाडने प्रतिबद्धता व्यक्त गरे । उनले निर्मला पन्तको हत्याकोे अनुसन्धानका क्रममा भएका कमजोरीको छानबिन गर्न गठित समितिको प्रतिवेदन अध्ययन भइरहेको बताए । उनले  प्रतिवेदनको सिफारिसअनुसार अनुसन्धानका क्रममा लापरबाही र कमजोरी गर्ने उच्च अधिकारीसहित सबैमाथि प्रशासनिक कारबाहीमात्र नभई आवश्यक भए फौजदारी संहिताअनुसार अदालतमा मुद्दासमेत दायर गरिने बताए ।
‘निर्मलाको हत्यारा समाउन किन लाग्यो लामो समय ?’ भन्ने प्रश्नको जिज्ञासामा खनालले भने( ’निर्मला प्रकरणमा प्रहरीले इमान्दार प्रयास गरिरहेको छ । अहिले प्रहरी संगठनले भन्न सक्ने यतिमात्र हो । अपराधी समाउन समय लागेकै हो । चाँडो गर्ने नाममा फेरि गलत अभ्यास नहोस् भनेर समय लागेको हो ।’
उनले निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरीले आफूस“ग भएको विज्ञताको उच्चतम सदुपयोग र इमानदार प्रयास गरिरहेको दाबीसमेत गरे । खनालले निर्मला हत्या प्रकरणमा दोषी जोसुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
खनालले केही सञ्चार माध्यमले आफूले चढने गाडीको विषयमा आफूलाई अनावश्यक विवादमा तानेको दाबीसमेत गरे । नेपाल प्रहरीले आईजीपी चढनका लागि सवा २ करोड रुपैयाँमा गाडी खरिद गरेको छ । ‘अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि गाडी किनेका हौं, मेरो महँगो गाडी चढ्ने सोख होइन’ उनले भने( ‘सवा २ करोडको गाडी घर जाने बेलामा मैले लैजाने होइन । १२ वर्षसम्म आईजीपीले चढै आएको गाडी बिग्रिएपछि नया“ किनेका हौं ।’ उनले आफूले चढ्ने गाडी बिग्रिएपछि प्रदेश नम्बर नं. ५ बाट गाडी ल्याएरसमेत चढेको दाबी गरे ।


No comments:

Post a Comment