Tuesday, December 11, 2018

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छ : महानिरीक्षक


काठमाडौं, २४ मंसिर– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको दाबी गरेका छन् । निर्मलाको बलात्कारपछि हत्याको घटनामा ५ महिनाभन्दा बढी भइसक्ता पनि दोषी पत्ता लाग्न नसकेको विषयमा छलफल गर्न  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले सोमबार बोलाएको बैठकमा उनले अनुसन्धानलाई सा“घुरो बनाउ“दै लगिएको उल्लेख गर्दै निष्कर्ष कहिले आउ“छ भनेर समय तोक्न नसकिने बताए ।
‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो, तर यो घटनामा कसैको दबाब छैन । कसैको दबाबले अनुसन्धान प्रभावित हु“दैन, प्रमुखका रूपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ’ उनले भने ।
महानिरीक्षक खनालले घटनाको अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेका केही प्रहरी अधिकृतलाई बर्खास्त गरिसकिएको उल्लेख गरे । उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा सार्वजनिक गरिएका कारण अनुसन्धानमा कमजोरी भएको हो कि आशंका हुन पुगेको दाबी गरे । उनले उक्त घटनाको अनुसन्धानमा कुनै कमजोरी हुन नदिई अनुसन्धान जारी राखिने बताए ।
उनले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई दोषीलाई कानुनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे । ‘कुनै अप्रिय घटना नहुन दिनका लागि प्रहरीले दृढताका साथ सतर्कता र सक्रियता अपनाएको छ, महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ’ उनले भने ।
समितिका सदस्यहरूले बलात्कारका घटना वृद्धि हु“दा प्रहरी प्रशासन किन कमजोर भएको हो भन्ने प्रश्न गरेका थिए ।  महानिरीक्षकको प्रत्युत्तर सुनेपछि समितिको बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चा“डो सार्वजनिक गरी कानुनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

No comments:

Post a Comment