Saturday, December 8, 2018

डीएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ मंसिर– अख्तियार दुरुपयोग अनुसनधान आयोगले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद भण्डारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
सशस्त्र प्रहरी बलको नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका तत्कालीन प्रमुख भण्डारीले गुल्म परिसरभित्र भौतिक संरचना र फर्निचर निर्माणका लागि वन उपभोक्ता समितिबाट लिएको ९२.९८ क्युबिक फिट काठ धरानमा बिक्री गरी भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । १ लाख ४ हजार रुपैया“ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।


No comments:

Post a Comment