Monday, December 31, 2018

नागरिकता विधेयक छिटो पारित गर्न प्रदेश २ को आग्रह

‘प्रदेश २ मा जन्मसिद्ध नागरिकका १ लाख सन्तान नागरिकताविहीन’
काठमाडौं, १५ पुस– प्रदेश २ को सरकारले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने बाटो छिटो खोल्नका लागि नागरिकता विधेयक छिटो पारित गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेको छ । प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राज्य व्यवस्था समितिलाई आइतबार पत्र लेखी आग्रह गरेका हुन् ।
पत्रमा जन्मसिद्ध नागरिकका छोराछोरीहरूले नागरिकता नभएका कारण शैक्षिक संस्थाहरूमा भर्ना हुन र अरू विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै प्रदेश २ सरकारले यथाशीघ्र विधेयक पारित गर्न आग्रह गरेको हो ।
‘नागरिकता विधेयकलाई धेरै लम्ब्याउनुहु“दैन, नागरिकता नभएका कारण धेरै विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरूमा भर्नास“गै थुप्रै विषयमा समस्या भइरहेको छ’ पत्रमा छ ।
पत्रमा प्रदेश २ मा मात्र झण्डै एक लाखको हाराहारीमा युवायुवती जन्मसिद्ध नागरिकका सन्तान रहेको उल्लेख छ । नागरिकता नभएका कारण हजारौंहरूले उच्च शिक्षामा भर्ना हुन नपाएको जिकिरसमेत पत्रमा गरिएको छ ।
प्रदेश २ सरकारले सर्वोच्च र उच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन धेरै आदेश जारी गरेको उल्लेख गर्दै पत्रमा प्रमुख जिल्ला अधिकारीहरूले त्यसलाई कार्यान्वयन गर्न नमानेको दाबी गरेको छ । पत्रमा २ नं. प्रदेशसभाले समेत नागरिकतासम्बन्धी विधेयक छिटो पारित गर्न केन्द्र सरकार र संघीय संसदलाई आग्रह गर्ने प्रस्ताव पारित गरेको उल्लेख छ ।















No comments:

Post a Comment