Thursday, December 13, 2018

चुरेमा पूर्व–पश्चिम लोकमार्ग नबनाऊ : पूर्वराष्ट्रपति

काठमाडौं, २६ मंसिर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र हुँदै बनाउन सुरु गरिएको पूर्व–पश्चिम मदन भण्डारी लोकमार्गले विकासभन्दा विनाश निम्त्याउन सक्ने चिन्ता व्यक्त गर्दै उक्त मार्ग निर्माणको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
महालक्ष्मी नगरपालिका(८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै उनले पूर्वाधार विकासका नाममा चुरे क्षेत्रमा वन विनाश भएको र त्यसले तराई–मधेसमा मरुभूमिकरण बढदै गएकामा चिन्ता व्यक्त गरे ।
‘आदरणीय नेता स्वं मदन भण्डारीको नाममा बनाउन लागिएको लोकमार्गले चुरेको जंगल विनाश हुन सक्छ, यसबाट तराईमा पानीको हाहाकार मच्चिन सक्छ, मरुभूमीकरण बढछ, यसमा पुनर्विचार हुनुपर्छ’ उनको भनाइ थियो ।
यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गर्नुपर्ने बताए । ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपु¥याए मुलुकमा नया“ द्वन्द्व निम्तिन सक्ने खतरा छ ।’
धर्म–संस्कृतिका मुद्दा बेवास्ता गरिए समाजमा अस्थिरता मच्चाउन चाहनेलाई त्यसबाट मलजल पुग्न सक्ने चिन्ता उनको थियो । ‘नया“ संविधान जारी गर्दा मैले राजनीतिक दलका नेताहरूलाई मधेस समस्याका साथै धर्म–संस्कृतिबारे गम्भीर रहन आग्रह गरेको थिए“, सबैलाई यस्ता विषयमा सहमति जुटाएर अगाडि बढ्न भनेको थिए“’ उनले भने ।


No comments:

Post a Comment