Saturday, December 1, 2018

गम्भीर घाइते दुवैको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं, १४ मंसिर– न्युरोड गेट नजिक अनियन्त्रित कारको ठक्करबाट बिहीबार गम्भीर घाइते भएका एक विदेशीसहित दुई जनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।
बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले बिहीबार नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिंदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए, दुई जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अस्पताल र गंगामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राईको ब्यूटी बोन भा“चिएको छ, भने कोसियाको कम्मरको हडडी फुटेको छ । दुवै जनाको उपचार भइरहेको र खतरामुक्त रहेको जानकारी अस्पताल स्रोतले दिएको छ ।

No comments:

Post a Comment