Monday, December 31, 2018

पर्व बिदा पुनरावलोकन गर्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं, १५ पुस– प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गरिने संकेत गरेका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले विभिन्न समुदायको पर्वमा सार्वजनिक बिदा दिने संकेत गरेका हुन् ।
’मैले तपाईंहरूको भावना र माग बुझें, जायज माग पूरा गर्नका लागि पहल गर्नेछु’ तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्ले गरेको ल्होछार कार्यक्रममा उनले भने, ’मैले यहा“ घोषणा गर्न मिलेन । प्रक्रियाअनुसार तपाईंहरुको जायज माग पूरा हुन्छ ।’
गुरुङ, मगर, राई, लिम्बु, थारु, तामाङलगायतका आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइ“दै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध हु“दै आएको छ । उनीहरुले पुनः सार्वजनिक बिदा दिन सरकारसित माग गर्दैआएका छन् ।
प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिंका अध्यक्ष रेशम गुरुङले विगतमा ल्होछारका अवसरमा दिइ“दै आएको सार्वजनिक बिदा काटिंदा गुरुङहरु आन्दोलित भएको उल्लेख गर्दै बिदा कटौतीको निर्णय पुनरावलोकन नगरे बाध्य भएर आन्दोलनमा जानु पर्ने चेतावनी दिएका थिए ।
’गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । तर, गुरुङहरु गण्डकीमा मात्र छैनन्, तपाईकै गृह जिल्ला झापामा पनि छन् । हामी टुँडिखेलमा जम्मा भएर पनि खुसीसाथ ल्होछार मनाउन सकेका छैनौं’ उनले भने, ’बिदा कटौती गर्ने तपाई नेतृत्वको सरकारको निर्णयले हामीलाई चित्त दुखेको छ । हाम्रो चाडमा एक दिने बिदाले मुलुकको समृद्धि नै रोकिने सरकारको बुझाइ हो भने हामी अर्को दिन रातभर काम गर्न तयार छौं । आजको दिनको बिदा निरन्तर गरियोस् ।’
प्रधानमन्त्री ओलीले यही“बाट माग पूरा गरेको घोषणा गर्दा मञ्चमै ’प्रधानमन्त्री स्वेच्छाचारी’ भए भन्ने मान्छेहरू पनि रहेको उल्लेख गर्दै आफूले प्रक्रिया पूरा गरेर माग पूरा गर्ने आश्वासन दिए । ’मैले यहीं घोषणा गरें भने फेरि यही“ मलाई स्वेच्छाचारी भयो भनी हाल्छन्, म सबै जातजातिका मानिस नेपाली हौं भन्नेमा विश्वास गर्छु, तपाईहरुको जायज माग पूरा गर्छु’ उनले थपे ।
गुरुङ समुदायले १५ पुसको दिनलाई नया“ वर्षको रुपमा मनाउने गर्छन् । विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टु“डिखेल खुलामञ्चमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन् ।
 

No comments:

Post a Comment