Tuesday, December 11, 2018

निर्मलाको हत्यारा पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा : प्रधानमन्त्री

काठमाडौं, २४ मंसिर– प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
‘निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद हो । दोषीको पहिचान ढिलोचा“डो हुन्छ, सरकारले कुनै पनि हालतमा दोषीलाई उम्कन दिने छैन’ उनले भने । उनले सरकार सधैं मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको बताए ।
विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी सुरु गरिसकेको बताए ।
उनले विगतमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हु“दा यस वर्ष चिसोबाट बचाउन शीतलहर सुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी भइरहेको जानकारीसमेत गराए ।
आयोगका अध्यक्ष अनुपराज शर्माले निर्मला पन्तको बलात्कारपछि हत्याजस्ता गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई छिटोभन्दा छिटो कारवाही गर्न सरकारलाई आग्रह गरे ।

No comments:

Post a Comment