Friday, December 28, 2018

जबराको सुनुवाइ आइतबार

काठमाडौं, १३ पुस– संघीय संसदको संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराविरुद्ध उजुरी हाल्ने उजुरीकर्तास“ग छलफल गरेको छ । समितिले नौ उजुरीकर्तालाई आफ्नो बैठकमा बोलाएर आ–आफ्नो उजुरी पुष्टि गर्न मौका दिएको हो । उजुरीकर्ताहरूले कार्य सम्पादनका क्रममा न्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको दाबी गर्दै त्यस्तो व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन नहुने जिकिर गरेका थिए ।
समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराका बारेमा आइतबार सुनुवाइ गर्ने निर्णय गरेको छ । सुनुवाइका क्रममा जबराको कार्ययोजनासहितको प्रस्तुति, उजुरीमाथिको जवाफ र सदस्यहरूको जिज्ञासाको प्रत्युत्तर सुनेपछि समितिले उनलाई अनुमोदन गर्ने÷नगर्ने निर्णय गर्नेछ । संवैधानिक परिषदले सर्वोच्चमा तीन वर्ष सेवा अवधि पुगेका वरिष्ठतम न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरी सुनुवाइका लागि समितिमा पठाएको हो।सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्ने छिन् ।

No comments:

Post a Comment