Thursday, December 13, 2018

प्रधानन्यायाधीशमा जबरा सिफारिस

काठमाडौं, २७ मंसिर– संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायाधीश चोलेन्द्रशम्शेर जवराको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको परिषद बैठक दोस्रो बरियताक्रमका न्यायाधीश राणालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ‘व्यस्तता’ का कारण पा“चपटक स्थगित भएर बिहीबार बसेको बैठकले प्रधानन्यायाधीश सिफारिसको निर्णय गरेको हो ।
परिषदले सुनुवाइ समितिबाट यसअघि अस्विकृत वरिष्ठतम न्यायाधिश दिपकराज जोशीलाई सिफारिस नगरी दोस्रो वरियताका राणालाई सिफारिस गरेको हो । न्यायपरिषदले नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका जोशी र जवराको विवरण संवैधानिक परिषदमा पठाउँदा नै ‘जोशी यसअघि सुनुवाई समितीबाट प्रधानन्यायाधीशमा अस्विकृत भएको’ भनी कैफियत लेखेको थियो ।
संवैधानिक परिषद सचिवालयले बिहीबार नै जबराको नाममा सुनुवाइको प्रक्रिया सुरु गर्न सिफारिससहितको फाइल संघीय संसदको सचिवालयमा पठाएको छ । समितिले बिहीबार नै प्रस्तावित प्रधानन्यायाधीश जबराको नाममा सुनुवाइ गर्न पुस १ गतेका लागि बैठक बोलाएको छ ।
सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश नियुक्त हुने छन् । सन् १९५७ डिसेम्बर १३ (२०१४ मंसिर २८ गते) जन्मिएका न्यायाधीश जवरा झन्डै चार वर्ष २०७९ मंसिर २७ सम्म प्रधानन्यायाधीश हुन पाउछन् । जबरा राणा प्रधानमन्त्री वीरसमसेरका पनाति हुन् । जबरा वीरसमसेरका छोरा इन्द्रसमसेरका नाति हुन् । जबराका बाबु युवराज शमसेर राजसभा स्थायी समितिका सदस्यसमेत भएका थिए ।
उनी २०५३ बैशाख १ मा तत्कालिन पुनरावेदन अदालतबाट अतिरिक्त न्यायाधिशका रूपमा न्यालयमा प्रवेश गरेका हुन् । उनी २०७१ जेठ १३ मा उनी सर्वोच्च अदालतमा न्यायाधीशमा बढुवा भएका हुन् ।
जुवासम्बन्धी एक मुद्दामा गरेको आदेशका कारण पुनरावेदन तहमा न्यायाधीश हु“दा विवादमा परेका जवरा विशेष अदालतमा रह“दा भ्रष्टाचार मुद्दामा उदार दृष्टिकोण राखेका कारण आलोचनामा परेका थिए । उनले अन्तरिम आदेश जारी गरी तत्कालिन प्रधानन्यायाधिश सुशीला काकीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव प्रक्रिया नपुगेको भन्दै खारेज गरिदिएका थिए ।


No comments:

Post a Comment