Wednesday, December 19, 2018

ठेकेदार कम्पनीका अधिकारी भाग्न खोजेपछि मेलम्ची अन्यौलमा

आर्थिक अभाव देखाउँदै ठेकेदार कम्पनीले ठेक्का सम्झौता तोडने प्रयास
काठमाडौं, २ पुस– इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको फाइनल फिनिसिङलगायतका काम ठप्प भएको छ । अबको ४६ दिनभित्र निर्माण सम्पन्न गरी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्तिम समयमा आएर ठेकेदार कम्पनीले गरेको लापर्बाहीले अन्यौलमा परेको छ।काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने भन्ने अनिश्चित भएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिको आग्रहमा प्रहरीले साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई आइतबार राति नियन्त्रणमा लिएको छ।भाग्न नपाऊन भनेर उनीहरूको पासपोर्टसमेत आयोजनाले खोसेर नियन्त्रणमा लिएको छ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सीएमसीका प्रोजेक्टर म्यानेजर ग्रेचोसहितलाई ठमेलस्थित रोयल पेन्गुइन होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाको जिम्मा लगाएको छ । उनीहरू आयोजना र मन्त्रालयलाई थाहै नदिई  काम अलपत्र छाडेर कतार एअरबाट सोमबार दिउ“सो नै भाग्ने तयारीमा थिए । उनीहरूले प्रहरीसित आफूहरू भाग्न नभई क्रिसमस मनाउन इटाली जान लागेको दाबी गरेका थिए । उनीहरू भाग्नकै लागि ठमेलकै काठमाडौं होटल बुक गरी अर्कै पेन्गुइन होटलमा बसेका थिए ।
सीएमसीले मन्त्रालय र आयोजनालाई आइतबार नै औपचारिक रूपमै ठेक्का तोडेको पत्र दिन खाजेको थियो । मन्त्रालयले भने अन्तिम समयमा आएर ठेक्का नतोडन आग्रह गर्दै सीएमसीको पत्र बुझ्न अस्वीकार गरेको जानकारी आयोजना स्रोतले दिएको छ ।स्रोतका अनुसार सीएमसीका प्रतिनिधि आयोजनाको बा“की काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनाको राजधानीस्थित मुख्य कार्यालयमा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका थिए । खानेपानी मन्त्रालयले आयोजनाका अधिकारीलाई पत्र नबुझ्न निर्देशन दिएको थियो ।
आयोजनाले पत्र बुझन नमानेपछि सीएमसीका अधिकारीहरूले भाग्ने र त्यसपछि ठेक्का तोडेको लिखित जानकारी दिने योजना बनाएका हुन् । ‘सोमबार नै सीएमसीका अधिकांश कर्मचारी नेपालबाट भाग्ने र र मंगलबार सरकारलाई ठेक्का तोडेको पत्र दिने योजना बनाएका रहेछन्’ आयोजनाका एक अधिकारीले भने ।
पत्रमा सीएमसीले आर्थिक अभाव ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने उल्लेख गरेको छ । सीएमसीले भारतीय नाकाबन्दी र भूकम्पका कारण काम रोकिंदा आफूलाई लागेको घाटाबापतको क्षतिपूर्ति रकम शुक्रबारसम्ममा उपलब्ध गराउन आयोजनालाई समय सिमा दिएको थियो । तर, आयोजनाले सरकारले बा“की काम सिध्याएपछिमात्रै क्षतिपूर्ति रकम भुक्तानी दिने अडान राखेको र त्यही कारण सीएमसी ठेक्का तोडने निर्णयमा पुगेको जानकारी स्रोतले दिए ।
सीएमसीले भूकम्प र नाकाबन्दी कारण आफूलाई १ अर्ब रुपैया“भन्दा बढी घाटा लागेको दाबी गर्दै क्षतिपूर्ति उपलब्ध गराउन आयोजनालाई दबाब दिइरहेको थियो । त्यही कारण देखाएर काम रोक्ने चेतावनी दिएपछि खानेपानी मन्त्रालय, आयोजना, सीएमसी र कन्सल्ट्यान्ट कम्पनीका प्रतिनिधि रहेको विवाद समाधान बोर्ड गठन गरिएको थियो । बोर्डमा आयोजनाले सीएमसीलाई ३५ करोड रुपैया“ क्षतिपूर्ति दिने सहमति भएको थियो । आयोजनाले सीएमसीसमक्ष उक्त रकम निर्माणको सबै काम सकिएपछिमात्र दिने अडान राख्दै आएको थियो ।
आयोजनाका एक कर्मचारीले सहमति भइसकेको रकम दिएर भए पनि सीएमसीलाई बा“की काम पूरा गर्न लगाउनुपर्नेमा नदिएर भडकाइएको र त्यसले गर्दा सुरुङको फाइनल फिनिसिङलगायतको काम अन्यौलमा परेको बताए ।
मेलम्चीमा खनिसकिएको साढे २७ किमी सुरुङमध्ये २ किमी सुरुङमा फाइनल फिनिसिङ (पिच गर्ने), तीनमध्ये २ वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण, मेलम्चीको पानी सुरुङमा लग्न बा“ध (इन्टेक) निर्माण र हाइड्रोमेकानिकल जडान कार्य गर्न बा“की छ । आयोजनाले अबको ४६ दिनभित्र यी सबै काम सक्न सीएमसीलाई समयसिमा दिएको थियो ।
सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चयकोषबापत १ अर्ब रुपैया“ भुक्तानी गर्न बा“की रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।
यसैबीच मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमुख सूर्यराज क“डेलसहितका उच्च अधिकारीहरूले सोमबार रातिसम्म सीएमसीका प्रोजेक्ट म्यानेजरसहितका कर्मचारीहरूसित ठेक्का नतोडन र आयोजनाको बा“की काम पूरा गर्नेबारेमा छलफल गरेको जानकारी स्रोतले दिएको छ । मन्त्रालयमा भएको छलफलका क्रममा सीएमसीका अधिकारीहरूले भने पहिला क्षतिपूर्ति रकम दिएमात्र ठेक्का तोडने निर्णय पुनर्विचार गर्न सकिने शर्त राखेका छन् । सहमति हुन भने बा“की रहेको जानकारी स्रोतले दिएको छ । मन्त्रालय र आयोजनाका जिम्मेवार अधिकारीहरू भने ठेकेदार भाग्न लागेको र मेलम्ची आयोजना अन्यौलमा परेकोबारेमा सोमबार रातिसम्म सम्पर्कमा आउन चाहेनन् ।
थप दुई आयोजना पनि समस्यामा
सीएमसी वित्तीय संकटमा परेपछि मेलम्चीबाहेकका दुई जलविद्युत आयोजनासमेत समस्यामा पर्ने भएका छन् । १ सय ४० मेगावाटको तनहु“ जलविद्युत आयोजना र ६८ मेगावाटको सोलु–दूधकोशी जलविद्युत आयोजनाको ठेक्का सीएमसीले नै पाएको छ । सीएमसीका कारण यी दुवै आयोजनाको मुख्य भौतिक संरचना निर्माणको ठेक्का अन्योलमा परेको छ ।
सीएमसीले तनहु“ जलविद्युत आयोजनाको नदी फर्काउने, हेड वक्र्स निर्माण गर्नेलगायतको कामको ठेक्का पाएको छ । ठेक्का रकम २० अर्ब ६४ करोड ५२ लाख रुपैया“ छ । सीएमसीले तनहु“ आयोजनाको काम डिसेम्बर २०२३ भित्र सक्ने ठक्का सम्झौतामा उल्लेख छ ।
सीएमसीले सोलु–दूधकोसी जलविद्युत आयोजनामा इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा लिएको छ । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको आयोजनामा सीएमसीले ७ अर्ब ७२ करोड रुपैयाँको ठेक्का पाएको छ । ठेक्का सम्झौतामा सीएमसीले ३ वर्षभित्र निर्माण सक्ने उल्लेख छ ।










No comments:

Post a Comment