Friday, December 28, 2018

प्रमुख कृषि अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १० पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय दैलेखका १२ कर्मचारीसहित १३ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सिड किट्स वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत, नरहरि घिमिरे, चार शाखा अधिकृतसहितका १२ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
कृषि विकास कार्यालय दैलेखका कर्मचारी र ठेकेदारको मिलेमतोमा सिड किट्स खरिद नै नगरी खरिद र ढुवानी गरेको नक्कली बिल भर्पाई बनाई रकम भुक्तानी गरेको देखाएर भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा बागवानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, बागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा छन् ।
त्यसैगरी कृषि विकास कार्यालय दैलेखका लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र जिल्ला समन्वय समितिका सव इन्जिनियर रामप्रसाद शर्मा तथा ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रमेखबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख घिमिरेस“ग १० लाख ५० हजार ९ सय ६१, वागवानी विकास अधिकृत सूर्यनाथस“ग १८ लाख ३६ हजार ४ सय र लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैया“ विगो मागदाबी गरेको छ ।  अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिम जेल सजाय गर्न र बिगो बराबर जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । मुद्दा दायर भएस“गै प्रमुख कृषि अधिकृतसहित १२ जना कर्मचारी निलम्बित भएका छन् ।



No comments:

Post a Comment