Friday, December 28, 2018

वडा सदस्यसहित ४ जना घुससहित पक्राउ,

२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, १३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्राधिकरण नोलाइट शाखा काठमाडौं, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतलाई जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग लिएको घूस रकमसहित पक्राउ गरिएको अख्तियारले शुक्रबार जनाएको छ ।
यसैबीच अख्तियारले नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खा“विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार मुद्दा दायर गरेको छ ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को  सरकारी सार्वजनिक जग्गा हाल साबिक गर्दा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बर्दियाको राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीलाई २ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने नाममा सेवाग्राहीसँग लिएको घुससहित वडा सदस्य पक्राउ परेको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment